उज्यालो नेपालको नेतृत्वमा कुलमान घिसिङ

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १८:३६

काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् । पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले पदबाट राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

नवनियुक्त अध्यक्ष घिसिङले आफूले शनिबार नै पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको दायित्व प्रदान गरेको जानकारी दिए । उनका अनुसार पार्टी संगठनलाई सुदृढ गर्दै आगामी दिनमा नीतिगत स्पष्टता र सांगठनिक विस्तारमा प्राथमिकता दिइनेछ ।

बैठकले यसै अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग यसअघि भएको एकता तोड्ने निर्णयसमेत गरेको छ । उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको एकता सहमति कार्यान्वयन गर्न रास्वपाले आवश्यक तत्परता नदेखाएको आरोप लगाउँदै एकता भंग गर्ने निष्कर्षमा पुगेको जनाएको छ ।

पार्टीको संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यदिशाबारे थप निर्णयहरू आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.