एमाले महाधिवेशनले ३३ प्रतिशत नयाँ नेतृत्व ल्यायो : अध्यक्ष ओली

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १९:१२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनले पार्टी नेतृत्वमा ३३ प्रतिशत नयाँ अनुहारलाई स्थान दिएको बताएका छन् ।

शनिबार दोस्रो केन्द्रीय कमिटी बैठकपछि सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भने, ‘आज बैठकमा सबै सदस्यको अनुहारमा गहिरिएर हेरेँ । महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ । करिब ३४ प्रतिशत नेता ५० वर्षमुनिका छन् । युवा र नयाँ अनुहारको सबल प्रतिनिधित्व स्थापना गर्न हामी सफल भएका छौँ ।’

उनले महाधिवेशनले सबै उमेर समूहको सन्तुलित नेतृत्व चयन गरेको पनि उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.