इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ११:५७

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतीय टेलिभिजनको लोकप्रिय गायन प्रतियोगिता ‘इन्डियन आइडल’को तेस्रो संस्करणका विजेता तामाङको ४२ वर्षको उमेरमा भारतको दिल्लीमा निधन भएको हो ।

उनको निधनको खबर संगीतकार राजेश घतानीले सार्वजनिक गरेका हुन् । संगीत क्षेत्रमा सशक्त पहिचान बनाएका तामाङ सन् २००७ मा इन्डियन आइडल–३ को उपाधि जितेपछि अन्तर्राष्ट्रियस्तरमै चर्चामा आएका थिए ।

साधारण पृष्ठभूमिबाट उदाएर असाधारण सफलता हासिल गरेका तामाङको गायन यात्राले नेपाली युवाहरूलाई ठूलो प्रेरणा दिएको थियो । उनको विजयले नेपाली समुदायलाई मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीलाई गर्वको अनुभूति गराएको थियो ।

गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्दै आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गरेका थिए । उनका गीतहरू र प्रस्तुतिहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव छाडेका छन् ।

उनको असामयिक निधनले भारतीय मात्रै नभएर नेपाली संगीत र कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ । तामाङको निधनप्रति संगीतकर्मी, कलाकार, प्रशंसक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.