कुलमानले उज्यालाे गठन गर्दा रास्वपामै बसिन रिमा विश्वकर्मा

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १६:३०

काठमाडाैं । उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गर्दा उज्यालाे नेपालकी नेतृ रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बसेकी छन् ।

रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाथ यथावत्  छ। कलाकार विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन् ।

शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले आजै निर्वाचन आयोग गएर बन्दसूची अद्यावधिक गरेको थियो । त्यसमा विश्वकर्माको नाम यथावत राखिएको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अद्यावधिक गरेको बन्द सूचीमा रिमा विश्वकर्माको नाम यथावत छ ।’

विश्वकर्मा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.