‘विशेष महाधिवेशनमा नआउनेलाई पनि हिँड्ने बाटो कोर्छौं’

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १७:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसको विशेष महाधिवेशनमा नआएका नेताहरुलाई पनि कांग्रेसको बाटोमा हिँडाउने बताएका छन् ।

काठमाडौंमा जारी कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको विशेष महाधिवेशन नेता शेखर कोइरालाको पनि इच्छा अनुसार नै भएको बताए ।

कार्कीले प्रजातन्त्रमा माथिको आदेश नभई तल्लो तहको भावनाअनुसार नेतृत्वले निर्णय लिनुपर्ने बताए । विगतमा पार्टीले गठबन्धन गरेर अर्कै पार्टीको मुख्यमन्त्री बनाउन सहमति गर्दा आफूले खोसेर लिएको स्मरण उनले गराए ।

‘हामीले छानेको नेतृत्व हामीले परिवर्तन गर्न पाउनुपर्छ भन्न आएका छौँ,’ उनले भने, ‘हामी त्यो सन्देश दाइहरूलाई दिन्छौँ र सिंहदरबार जलाउँछौँ भन्नेलाई पनि सन्देश दिन्छौँ ।’ कार्कीले आफू नियमित महाधिवेशन वा निर्वाचनअघि विशेष महाधिवेशनको पक्षमा उभिँदै आएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.