
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।
आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता पछि पार्टीमा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुर संरक्षक बसेका छन् । अध्यक्षकाे जिम्मेवारी उपेन्द्र यादवले पाएका छन् ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।
























