कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहानबाट

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १८:२८

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यका अनुसार निर्धारित समयमै बन्दसत्र प्रारम्भ गर्ने तयारी पूरा भइसकेको छ । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेकै बेला बन्दसत्रको समय सार्वजनिक गरिएको हो ।

पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद, नेतृत्वको भूमिकालाई लिएर उठेका प्रश्न र भावी राजनीतिक दिशाबारे गम्भीर बहस हुने अपेक्षाका कारण यस विशेष महाधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आन्तरिक असन्तोष उत्कर्षमा पुगेको अवस्थामा बोलाइएको यो विशेष महाधिवेशनबाट पार्टी एक हुने जाने कि थप विभाजनतर्फ धकेलिने भन्ने विषय बन्दसत्रका निर्णयले स्पष्ट गर्ने कांग्रेस नेताहरू नै बताउँछन् । त्यसैले बन्दसत्रलाई कांग्रेसको भविष्यसँग गाँसिएको निर्णायक चरणका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.