
विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशित बढी प्रतिनिधि पुगेका छन् । कार्यक्रम सञ्चालकले ६२ प्रतिशत बढी प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको थियो ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ ।
कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता भइरहेको छ । गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए ।
























