निलम्बित सांसद सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १२:०६

काठमाडौँ । मधेश प्रदेशका पूर्व राज्यमन्त्री एवं निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आज मंगलबार पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासमा यस मुद्दाको सुनुवाइ हुन लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले पदको दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले निलम्बित सांसद सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ। सिंहले उपभोक्ता समितिको खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेर व्यक्तिगत प्रयोजनमा खर्च गरेको दाबी आयोगको छ। सोही अभियोगमा सिंह र उनका स्वकीय सचिवसहित अन्य १५ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो।

मुद्दा दायर भएका अन्य प्रतिवादीहरूमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन्।

उपभोक्ता समितिका पदाधिकारी र अन्य सहयोगीहरूको मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना भएको यस प्रकरणलाई मधेश प्रदेशको राजनीतिमा निकै चासोका साथ हेरिएको छ। आजको सुनुवाइले यस मुद्दाको फैसला वा अर्को प्रक्रियाका बारेमा ठोस दिशा तय गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.