चौथो कृषि जैविक विविधता दिवस मनाइँदै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार ०७:००

विराटनगर । नेपालमा आज (बिहीबार) चौथो चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १ गते देशव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

अहिलेसम्म आइपुग्दा चौथो पटक दिवस मनाउन लागिएको हो । यसवर्षको नारा ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग तथा प्रवर्धनमा युवा सहभागिता’ भन्ने तय गरिएको छ ।

२०७९ सालमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा मौलिक एवं रैथाने उत्पादनहरुको प्रदर्शनी गरिन्छ ।

कृषि आनुवंशिक स्रोत कृषि बाली एवं सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका किरा र कृषि महत्वका सूक्ष्म जीवका बारेमा अन्तरक्रिया र विचार गोष्ठीको समेत आयोजना गर्ने गरिन्छ । विशेष गरेर दिवसका अवसरमा कृषि जैविक एवं रैथाने बाली उपज प्रदर्शनी गरिन्छ ।

सरकारले रैथाने बाली परिकारको विविधीकरण, संरक्षण र प्रवर्धनको विषयमा विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख गरिएको जैविक विविधता संरक्षणमा तीनवटै तहका सरकारको भूमिका उच्च रहने सरोकारवाला बताउँछन् ।

विज्ञहरुका अनुसार जैविक विविधतामा नेपाल धनी देश भए पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको छ । कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेको बताउँदै उनीहरुले कतिपय सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा एवं अवसरहरू कृषि जैविक विविधतासँग जोडिएका भए पनि त्यस्ता विशेष पर्व वा अवसरमा त्यसको उचित प्रचारप्रसार नहुने गरेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.