कांग्रेस विशेष महाधिवेशन: ४,६३८ मतदाता कायम

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १६:५०

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले औपचारिक रूपमा मनोनयन आह्वान गरेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गरेका हुन्। समितिले निर्वाचनका लागि आवश्यक कानुनी र प्राविधिक तयारी पुरा गरी भृकुटीमण्डपमा निर्वाचनको चहलपहल बढाएको छ।

निर्वाचन समितिले आजै महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली (मतदाता सूची) समेत सार्वजनिक गरेको छ। पार्टीको १४औँ महाधिवेशनमा कुल प्रतिनिधि सङ्ख्या ४ हजार ७ सय ४३ रहेको भए पनि हाल केही प्रतिनिधिले पार्टी परित्याग गरेको र केहीको मृत्यु भएका कारण मतदाता सङ्ख्यामा हेरफेर भएको छ। समितिका अनुसार ६१ जनाले पार्टी परित्याग गरेको र ४४ जनाको मृत्यु भएको तथ्याङ्कका आधारमा अहिले कुल मतदाता (महाधिवेशन प्रतिनिधि) को सङ्ख्या ४ हजार ६ सय ३८ कायम गरिएको छ।

विशेष महाधिवेशन मूल आयोजक समितिका संयोजक मनोजमणि आचार्यले अहिले पार्टीभित्र तीनवटा महत्त्वपूर्ण प्रक्रियाहरू एकैसाथ अघि बढिरहेको जानकारी दिएका छन्। उनका अनुसार बन्दसत्रमा नीतिगत छलफल जारी छ भने अर्कोतर्फ पार्टी विभाजन रोक्न संस्थापन पक्षसँग वार्ता र संवादको ढोका पनि खुला राखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.