दुई महामन्त्रीसँग देउवाले गरे छलफल

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार ०९:५३

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग  छलफल गरेका छन् ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले भेटवार्ता गरेका हुन् ।

यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिए थियो । छलफलका लागि सभापति देउवाले दुई महामन्त्रीलाई बोलाएका थिए । तर छलफलमा सहमति भएन ।

सहमति नभएपछि विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाएकाे छ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता पनि असफल भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.