परालको कुन्यूभित्र लुकाएको अवस्थामा विराटनगरमा अवैध सामान बरामद

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १२:४४

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवास्थित सडक किनारमा लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले एक लाख ३४ हजार रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले बुधबार बिहान करिब ६:४० बजे उक्त सामान फेला पारेको हो।

प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले जतुवास्थित सडक छेउमा रहेको परालको कुन्यूभित्र शङ्कास्पद रूपमा लुकाइएको अवस्थामा ती सामानहरू बरामद गरेको हो। तस्करहरूले भन्सार छली ल्याएका सामानहरू परालले छोपेर वेवारिसे अवस्थामा राखेका थिए।

बरामद गरिएका सामानहरूमा २८८ बट्टा (१२ कार्टुन) रसगुल्ला, ८५ केजी चिनी र ग्यास चुलोमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू रहेका छन्। प्रहरीका अनुसार बरामद रसगुल्लाको मूल्य ९२ हजार १६०, चिनीको ५ हजार १०० र ग्यास चुलोका पार्टपुर्जाहरूको ३७ हजार २०० गरी जम्मा एक लाख ३४ हजार ७६० रुपैयाँ बराबरको रहेको छ।

बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। ती सामानहरूलाई आजै भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.