कांग्रेस विशेष महाधिवेशन: राति ८ बजेदेखि मतदान

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १५:२३

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ। निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार अब बुधबार राति ८ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु हुने भएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ ५ बजे उम्मेदवार विरुद्ध परेका दाबी विरोधको छानबिन पश्चात् संशोधित नामावली प्रकाशन गरिनेछ। त्यसलगत्तै साँझ ५ बजेर ३५ मिनेटसम्म उम्मेदवारलाई आफ्नो मनोनयन फिर्ता लिने समय दिइएको छ। उम्मेदवारहरूको अन्तिम नामावली भने साँझ ६ बजे प्रकाशन गर्ने तयारी समितिले गरेको छ।

सबै प्रक्रिया पुरा गरी राति ८ बजेदेखि ९ बजेसम्म मतदान हुने संयोजक केसीले जानकारी दिनुभयो। यसअघिको तालिकामा केही हेरफेर भए पनि मतदान आजै सम्पन्न गर्ने गरी समिति अघि बढेको छ। अहिले भृकुटीमण्डप परिसरमा महाधिवेशन प्रतिनिधिहरूको ठुलो उपस्थिति रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.