विशेष महाधिवेशनद्वारा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार ०१:२९

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले उग्र रूप लिँदा पार्टी विभाजनको स्थिति बनेको छ। राजधानीमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापित गर्दै गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।

आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे। विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए।
नयाँ पदाधिकारी चयन

नयाँ कार्यसमितिको दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भए। त्यसैगरी, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरे छन्।

समावेशी संरचनाअनुसार सह-महामन्त्रीहरूमा डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाईली स्नेही (दलित), बहादुर सिंह लामा (जनजाती), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्ण बहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भए।
केन्द्रीय सदस्य र प्रादेशिक प्रतिनिधित्व

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्। जसमा गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, विनोद चौधरी, अजयबाबु सिवाकोटी, भरत शाह र मधेु आचार्य लगायत छन्। महिला खुलातर्फ चम्पा देवी खड्का र प्रतिमा गौतमसहित ९ जना चुनिएका छन्।

प्रदेशगत रूपमा पनि नेतृत्व बाँडफाँड गरिएको छ। कोशीबाट हिमालय कर्माचार्य, मधेशबाट रामानन्द यादव, बागमतीबाट जितनारायण श्रेष्ठ, गण्डकीबाट रेशम बानिया, लुम्बिनीबाट केशव आचार्य, कर्णालीबाट दिक्पाल शाही र सुदूरपश्चिमबाट हिम बहादुर रावल लगायतले खुला सदस्यमा स्थान पाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.