नयाँ कांग्रेसको टोली निर्वाचन आयोगमा

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १५:०५

काठमाडौं । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस (नयाँ कांग्रेस) पहिलो बैठकको निर्णय बोकेर निर्वाचन आयोग पुगेको छ । पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेको जानकारी दिइन् ।

बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको (पुरानो कांग्रेस) कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.