कांग्रेस कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्दै

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार ०९:१६

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो।

उक्त सम्मेलनमा पार्टीका पछिल्ला गतिविधि, आसन्न निर्वाचनको तयारी र विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको ‘विशेष महाधिवेशनको विद्रोह’ लगायतका समसामयिक राजनीतिक विषयमा जानकारी गराइने बुझिएको छ। पार्टीभित्रको आन्तरिक विवाद र आगामी रणनीतिबारे कार्यवाहक सभापति खड्काले आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.