झापामा माघे सङ्क्रान्ति बन्यो काल: एकै दिन १२ दुर्घटना, आमा-छोरीसहित ३ को मृत्यु

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १०:४६

विराटनगर । माघे सङ्क्रान्तिको दिन झापाका विभिन्न स्थानमा भएका १२ वटा सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् भने ३२ जना घाइते भएका छन्।

आमा-छोरीको ज्यान लियो बसले

कनकाई नगरपालिका–३ नयाँबस्तीमा बस र पिकअप एकापसमा ठोक्किँदा डेढ वर्षीया आरुति राजवंशी र उनकी ४० वर्षीया आमा सुस्मा राजवंशीको मृत्यु भएको छ। पिकअपमा सवार उनीहरूमध्ये आरुतिको अस्पताल लैजाने क्रममा र सुस्माको उपचारका क्रममा ज्यान गएको हो। सोही दुर्घटनामा अन्य एक दर्जन व्यक्ति घाइते भएका छन्।

मोटरसाइकलमा आगलागी, चालकको मृत्यु

बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ। ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको थियो। मृतककी श्रीमती २५ वर्षीया सुकमाया तामाङ गम्भीर घाइते भई बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत छिन्। प्रहरीले फरार ट्रक चालक सुनिल न्यौपानेलाई नियन्त्रणमा लिएको छ।

जिल्लाभर दुर्घटनाको श्रृङ्खला

सोही दिन हल्दिबारी, शिवसताक्षी, गौरादह, दमक, भद्रपुर, अर्जुनधारा, बुद्धशान्ति, बाह्रदशी र कनकाईका विभिन्न स्थानमा भएका दुर्घटनामा अन्य २० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेहरूमा ६ वर्षीया बालिकासहित पैदलयात्री र एकै परिवारका सदस्यहरू समेत रहेका छन्।

किन भइरहेछन् दुर्घटना?

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अधिकांश दुर्घटना तीव्र गति, ओभरटेक गर्दाको लापरबाही र सवारी साधन अनियन्त्रित हुँदा भएका हुन्। चाडपर्वका दिनमा हुने सवारी चाप र अनुशासनहीनताले गर्दा झापाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.