चलचित्र ‘शिवांश’ फागुन १ गतेबाट देशभर

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १५:५८

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको लोकलयको प्रेमिल गीत सार्वजनिक गरेको हो।

टिपिकल शब्द र प्रेमिल लय राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको यस गीतमा राजनराज र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ। गाउँबेसीमा प्रयोग हुने मौलिक नेपाली शब्द र लयको मिठासले गीतलाई सुमधुर बनाएको छ। भिडियोमा प्रेमी–प्रेमिकाबीचको आकर्षण, भाग्य र मायामोहलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको आकर्षक अभिनय देख्न सकिन्छ।

डेब्यु निर्देशकको प्रस्तुति अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गर्दैछन्। अञ्जान केसीको कथा र निर्माण रहेको चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। यस्तै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ। चलचित्रको पटकथा बारत लिम्बूले लेखेका हुन् भने स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्।

प्राविधिक पक्ष र वितरण चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, विप्लव प्रतीक र राजनराजको शब्द रचना तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। सरद महतोले छायांकन गरेको यस चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् भने शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माताका रूपमा रहेका छन्। डिजिटल सिनेमा नेपाल (डीसीएन) ले वितरण गर्ने यस चलचित्रको पोस्ट प्रोडक्सनको काम चलचित्र चौतारीले गरेको हो। फागुन १ गते रिलिज हुने ‘शिवांश’लाई लिएर निर्माण पक्ष निकै आशावादी देखिएको छ।

तपाइको प्रतिक्रिया
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×