माेरङका ४ क्षेत्रमा एमालेले छान्याे उम्मेदवार

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार २२:४४

विराटनगर । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ४ निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।

जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारको नाम टुङ्गाे लगाएकाे हाे ।

मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नम्बर २ मा दिलीप बगडिया, क्षेत्र नम्बर ३ मा दिलीप राई र क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई चुनावी मैदानमा उतार्ने निर्णय भएकाे छ । बगडीया रंगेली नगरपालिकाकाे मेयर हुन् । उनले राजीनामा दिनेछन् ।

निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन । यी दुई क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.