बालेन शाहले मेयरबाट राजीनामा दिँदै, रास्वपाबाट ओलीसँग भिड्न झापा जाने

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार ११:२५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिँदैछन्। स्थानीय तहको नेतृत्व छाडेर बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएको छ।

केहीबेरमा राजीनामा घोषणा गरेर उनी आजै दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्। उक्त बैठकले बालेनसहित रास्वपाका अन्य उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउनेछ। उम्मेदवारी निश्चित भएलगत्तै सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम तय भएको छ।

झापा–५ मा भिडन्त सबैभन्दा रोचक पक्ष त के छ भने, बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने तयारीमा छन्। बालेनका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको छ। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँको मेयरमा ऐतिहासिक जित निकालेका बालेन र रास्वपाबीच गत पुस १३ गते ७ बुँदे सहमति भएको थियो।

इन्जिनियरिङ र र्‍यापरको पृष्ठभूमिबाट राजनीतिमा उदाएका बालेन ‘जेनजी आन्दोलन’ पछि रास्वपामा प्रवेश गरेका हुन्। रास्वपा र बालेनले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ। काठमाडौँको मेयर पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिनुलाई बालेनको ठूलो राजनीतिक जोखिम र महत्वाकांक्षाका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.