खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा, चुनावमा होमिने तयारी

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १०:५८

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिने तयारी गरेसँगै उनले मन्त्री पद छाडेका हुन्।

उम्मेदवारी दर्ता गर्नुअघि नै मन्त्री पदबाट अलग हुनुपर्ने कानुनी प्रावधान र राजनीतिक नैतिकताका कारण उनले यो निर्णय लिएका हुन्।

राजीनामाबारे जानकारी दिँदै मन्त्री गुप्ताले आफूले प्रधानमन्त्रीलाई यसबारे जानकारी गराइसकेको बताएका छन्। प्रधानमन्त्रीबाट राजीनामा स्वीकृतिको प्रक्रिया मात्र बाँकी रहेको उल्लेख गर्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुने स्पष्ट पारे।

उनी जेन–जी हरूको प्रतिनिधिको रूपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए। अब उनी चुनावी मैदानमा होमिएर पुनः जनमत लिने तयारीमा छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.