
विराटनगर । नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)प्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी क्षेत्र नम्बर ४ को टिकट पाएका छन् ।
यो क्षेत्रबाट जगदिश कुसियतको एकल उम्मेदवारी सिफारिस भएको थियो । एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज कुसितले टिकट पनि पाएका थिए । तर, उनकाे टिकट नेपाली कांग्रेस छाडेर आइतबार एमाले प्रवेश गरेका अन्सारील पाए ।
अध्यक्ष केपी शर्मा ओलीले हुसैनलाई टिकट दिएपछि पार्टी भित्र विवाद सुरू भएको छ । कुसियतलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी छ । यो क्षेत्रबाट रेवतीरमण भण्डारीको नाम फाइनल भएको थियो ।
नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । नेकपा एमालेले सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, स्थानीय नेताको विरोधपछि टिकाराम माङ्देवले टिकट पाएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ मा धरान उमपहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका हर्क साम्पाङ श्रम संस्कृति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मनोज भट्टराई उम्मेदवार बनेका छन् । उम्मेदवार सिफारिस भएपछि भट्टराईले वडाध्यक्षबाट राजीनामा दिएका थिए ।
एमालेले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चाैधरीलाई उम्मेदवार बनाएकाे छ ।
























