
काठमाडौँ । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिले शुक्रबार नै पद बहाली गरेपछि बैठक बस्न लागेको हो।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापतिमा चुनिएका थिए। प्रवक्ता चालिसेले शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा पद बहाली कार्यक्रम तय भएको जानकारी दिए।
पद बहाली सकिएलगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। प्रवक्ता चालिसेका अनुसार शुक्रबारदेखि नै पार्टीका सम्पूर्ण औपचारिक गतिविधिहरू केन्द्रीय कार्यालय सानेपाबाट सुचारु हुनेछन्। विशेष महाधिवेशनपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ।
























