प्रतिनिधिसभा निर्वाचनः इलाम- २ क्षेत्र २७ उम्मेदवार

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १२:०४

इलाम । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलामका दुई निर्वाचन क्षेत्रमा कुल २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १३ र क्षेत्र नम्बर २ मा १४ जनाको मनोनयन दर्ता भएको छ।

क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाट काजीमान कागते, नेपाली कांग्रेसबाट निस्कल राई, रास्वपाबाट विमल गदाल र नेकपा (माओवादी) बाट नारदमणि साम्पाङसहित १३ जना चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन्। २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका महेश बस्नेतले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेका थिए।

यसैगरी, क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य, रास्वपाका गोकुल राई र माओवादीका होमप्रसाद खतिवडासहित १४ जनाले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा एक जना महिला उम्मेदवार छिन्। क्षेत्र २ मा २०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ नै विजयी बनेका थिए।

दुवै क्षेत्रमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन र दाबी विरोधको प्रक्रिया अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.