मुख्य सचिव पौडेलद्वारा राजीनामा

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १६:५०

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । पार्टीको विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पद छोडेका हुन् ।

स्रोतका अनुसार पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकको सूचना जारी गरेका थिए । नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

बैठकमा नवनिर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरिने तयारी रहेको केन्द्रीय कार्यसमिति स्रोतले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.