नियमित महाधिवेशन बैशाखमा हुँदैन : गुरुराज घिमिरे

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १७:५२

काठमाडौं । आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन नहुने नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक विराटनगर आएका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक गतिविधिका कारण बैशाखमा नियमित महाधिवेशन गर्न समय नपुग्ने बताए । २०८३ पुस भित्र नियमित महाधिवेशन हुने उनले बताए ।

घिमिरेले पार्टीले अब गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिने बताए । निर्वाचनपछि संसदीय दलले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता पनि बनाउने उनको भनाई छ । ‘गगन थापा सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ र भावी प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.