
विराटनगर । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन दर्तापछि अब निर्वाचन नहुने भन्ने शंका समाप्त भएको बताएका छन् ।
बिहीबार एमाले विराटनगर नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्र जोगाउन निर्वाचन अपरिहार्य भएको बताएका हुन् ।
“यो चुनाव कुनै दल वा व्यक्तिको इच्छाले भन्दा पनि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन आवश्यक बनेको हो,” उनलेे भने ।
एमाले सधैं समृद्ध नेपाल र राजनीतिक स्थायित्वको पक्षमा रहेको चर्चा गर्दै भट्टराईले पटक–पटक प्राप्त उपलब्धिमाथि प्रहार भइरहेकाले त्यसको रक्षाका लागि एमाले पूर्ण तयारीका साथ मैदानमा उत्रिएको बताए ।
पार्टीभित्रको एकतामा जोड दिँदै उनले नयाँ शक्तिहरूप्रति लक्षित गर्दै भने,”एमाले नेपाली माटोको पार्टी हो, अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ र मल कहाँको हो भन्नेमा शंका छ ।”
























