‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १८:२४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै पनि गम्भीर संकटमा रहेको बताएका छन् ।

ओखलढुंगामा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके र दह्रो एकता जनतामा पैदा गर्न नसके फेरि पनि दुर्घटना हुनसक्छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने अवस्था छैन ।’ प्रचण्डले देशलाई अनिष्टबाट जोगाउने जिम्मेवारी सबैले लिनुपर्ने र त्यसका लागि एकताको अभियान सुरु गरिएको बताए ।

Advertisement

त्यस्तै, नेकपाका सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्ताले राजनीति र समाजमा भएका विकृती र विसंगतिहरूलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जनचाहना र नयाँ पुस्ताको अपेक्षाअनुसार राजनीति र समाजमा भएका असंगतिहरूलाई समाप्त पार्ने काम गर्नेछौं ।’

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.