महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १३:१७

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने राजनीतिक दलहरूको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो पटक उज्यालो पार्टी नेपालले पुनलाई आफ्नो समर्थन रहने घोषणा गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाले एक वक्तव्य जारी गर्दै पुनको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय भएको बताए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका केही दलले पनि पुनलाई समर्थन गर्दै आफ्ना उम्मेदवारको सक्रियतालाई अन्त्य गरेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाङ्गी गाउँमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए। मन्त्री पदबाट राजीनामा दिएर उनी यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।

महावीर पुनको प्रचार गर्ने शैली अन्य उम्मेदवारको तुलनामा फरक र रोचक भएकाले अहिले सामाजिक सञ्जालमा उनको निकै चर्चा छ। नयाँ पुस्ता अर्थात् जेन्जी मतदाताहरूमाझ पनि प्रविधि र आविष्कारको क्षेत्रमा उनले पुर्‍याएको योगदानका कारण उनको प्रभाव बलियो देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.