राष्ट्रिय झण्डा ओढेर भोट माग्नु आपत्तिजनक: मुख्यमन्त्री कार्की

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १६:१५

धनकुटा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर भोट माग्ने गतिविधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन् । धनकुटा लेडी जेसिसको सातौँ पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित रहेको टिप्पणी गरे ।

मुख्यमन्त्री कार्कीले चुनाव प्रचारका क्रममा विभिन्न दलहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा राष्ट्रिय एकता र प्रतीकको अवमूल्यन भएको बताए । नेपालीको साझा प्रतीकका रूपमा रहेको झण्डा ओढेर भोट माग्ने र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने कार्य कुनै पनि हालतमा क्षम्य नहुने उनको भनाइ छ । यस्ता गतिविधिले लोकतन्त्र र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भन्दै यसको नियन्त्रण आवश्यक रहेको उनले उल्लेख गरे ।

सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले ‘जेन–जी’ अभियानका क्रममा मारिएका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेकोप्रति कडा असन्तुष्टि पोखे । उनले राष्ट्रिय झण्डा ओढेर उपद्रो र चोरी गर्न जाँदा ज्यान गुमाएकाहरूलाई सहिद बनाइनु गलत भएको तर्क गरे । ‘तपाईंको घर चोर्न आउने वा महिलामाथि व्यभिचार गर्नेको प्रतिकार गर्दा मारिनेलाई सहिद घोषणा गरिन्छ भने कस्तो लाग्छ?’ भन्दै उनले प्रश्न गरे ।

भदौ २३ र २४ गते बालबालिका र नवयुवालाई उक्साएर सामाजिक सञ्जालमार्फत विग्रह मच्चाइएको उनले दाबी गरे । अवसरवादी तत्वहरूले बालबालिकालाई आगो लगाउन प्रयोग गरेको र प्रहरीको गोली लागेर उनीहरूको मृत्यु हुनु दुखद भए पनि यसलाई राजनीतिकरण गरिनु नहुने उनको आशय छ । यस्ता प्रवृत्ति अन्त्यका लागि गाउँ-गाउँमा नैतिकवान युवाहरू संगठित हुनुपर्नेमा उनले जोड दिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.