
विराटनगर। कोशी प्रदेश कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे र दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। कांग्रेस र एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनीहरू आज भएको मतदानबाट विजयी भएका हुन्। मेचेले नेकपा उम्मेदवार नमिता न्यौपानेलाई पराजित गरिन् भने पोर्तेलले नेकपाकै खेम सुन्दासलाई हराए।
यसअघि सोही गठबन्धनबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका थिए। कोशीमा आफ्नो वर्चस्व कायम राख्दै गठबन्धनले सबै सिटमा जित निकाल्न सफल भएको छ। निर्वाचित सदस्यहरूले अब राष्ट्रियसभामा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

























