
विराटनगर । राष्ट्रियसभामा नेपाली कांग्रेस ठूलो दल बनेको छ ।आइतबारकाे निर्वाचनपछि कांग्रेस ठूलाे दल बनेकाे हाे ।
फागुन २० गतेबाट दलहरूको स्थान परिवर्तन हुनेछ । यसअघि राष्ट्रियसभामा कांग्रेसका १६ सदस्य थिए । गत पुस ३० गते सांसद बलदेव बोहोराको निधनले १५ सदस्यीय छ ।
यो चुनावमा ९ जना थपिएसँगै राष्ट्रियसभामा कांग्रेस २४ सिट हुनेछ । ठूलो दल अब नेकपा १७ सदस्यमा झर्नेछ ।
मनोनीत सांसद अन्जान शाक्यसहित एमालेको ११ सदस्य हुनेछन्, राष्ट्रियसभामा । राष्ट्रियसभामा जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक सांसद हुनेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एक सांसद मनोनीत गर्नुपर्नेछ । बोहोराको निधनपछि रिक्त एक स्थानमा निर्वाचन गर्नुपर्ने छ ।
निर्वाचनमा कांग्रेस एमाले र जसपाबीच तालमेल भएको थियो । तीन दलीय तालमेल हुँदा कोसीबाट सुनिल थापा निर्विरोध भए । सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।
मधेसबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान र रंजित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । बागमती प्रदेशबाट गीता देवकोटा प्रेमप्रसाद दंगाल निर्वाचित भए । गण्डकीबाट सम्झना देवकोटा र जगत तिमिल्सिना निर्वाचित भए ।
लुम्बिनीबाट रामकुमारी झाँक्री, बासुदेव घिमिरे र चन्द्रबहादुर केसी निर्वाचत भएका छन् । कर्णालीबाट मीनासिंह रखाल, ललितजंग शाही निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।
























