हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १७:०१
फायल फोटो ।

काठमाडौं । सुनसरी-१ का उम्मेदवार एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो ।

धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा साम्पाङविरुद्ध उजुरी दिएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ को व्यवस्था विपरीत राजनीतिक उद्देश्यका निम्ति बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गरिएको उल्लेख छ । सञ्जालले साम्पाङलाई कार्यालयमा उपस्थित गराई छलफल गर्न र आचारसंहिता उल्लंघनमा कारबाही गर्न माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनेको अध्ययन समितिले यसबारे अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए । बालबालिका ऐन अनुसार आरोप प्रमाणित भएमा उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै खारेज हुन सक्ने कानुनी व्यवस्था छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.