
विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा सोमबार १ जना पुरुषको शव फेला परेको छ ।
मोरङका ग्रामथान गाउँपालिका–७ खदरास्थित नहरको पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा बिहान १०ः५० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक सुनसरीको इटहरी उपमहानगरपालिका–११ खनारका ६० वर्षीय महेन्द्रप्रसाद नेपाल रहेको खुलेको छ ।
स्थानीयका अनुसार साथीहरुसँग खाजा खाएर छुटेका नेपाल केही दिनदेखि सम्पर्कविहीन थिए । उनको मृत्यु नहरले बगाएर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























