वन जोगाउने चुनौती : ९ जिल्लामा डढेलोको उच्च खतरा

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ०६:१९
प्रतीकात्मक तस्बिर

काठमाडौं । मौसम सुक्खा बन्दै जाँदा देशका विभिन्न भू–भागमा वन डढेलोको जोखिम उच्च बन्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षका तथ्यांक र हालको अवस्थाको विश्लेषणका आधारमा देशका ९ जिल्लालाई वन डढेलोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको हो। प्राधिकरणका अनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतमा वन डढेलो फैलिने खतरा अन्य जिल्लाको तुलनामा बढी देखिएको छ ।

यसैगरी, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुरलाई मध्यम जोखिमको सूचीमा राखिएको छ । यी जिल्लामा डढेलोको सम्भावना पूर्ण रूपमा टरेको छैन । तर, समयमै सतर्कता र नियन्त्रणका उपाय अपनाउन सके क्षति न्यूनिकरण गर्न सकिने प्राधिकरणको निष्कर्ष छ ।

वन डढेलोबाट जनधन, जैविक विविधता र पर्यावरणमा पर्ने गम्भीर असरलाई ध्यानमा राख्दै प्राधिकरणले पूर्वानुमान, निगरानी र चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउने कार्ययोजना तयार गरेको छ । मौसम पूर्वानुमान र पूर्वसूचनालाई सुदृढ गर्दै सम्भावित खतराबारे समयमै जानकारी प्रवाह गर्ने, वन क्षेत्रको व्यवस्थापन सुधार गर्ने र वनजन्य इन्धनको उचित व्यवस्थापनमार्फत आगलागीको जोखिम घटाउने रणनीति तय गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच समन्वय मजबुत बनाइ डढेलो नियन्त्रणको प्रयासलाई परिणाममुखी बनाउने प्राधिकरणको योजना छ । यसका लागि प्रविधिको प्रयोग र मानव संसाधनको परिचालनमार्फत जोखिमयुक्त क्षेत्रको निगरानी, अनुगमन, पहिचान र पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाइनेछ ।

साथै, सरोकारवाला निकायबीच नियमित सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम तथा कृत्रिम अभ्यास सञ्चालन गरी पूर्वतयारीलाई बलियो बनाइने जनाइएको छ । डढेलोका कारण प्रभावित समुदायको उद्धार, उपचार, राहत र पुनःस्थापनासम्बन्धी कामलाई पनि प्राथमिकतामा राखिएको छ ।

अनुगमन र तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाई अध्ययन तथा अनुसन्धानका लागि आधार तयार पार्ने र त्यसबाट प्राप्त सिकाइलाई आगामी नीति तथा कार्ययोजनामा प्रयोग गर्ने प्राधिकरणको रणनीति छ । प्राधिकरणले वन डढेलो प्राकृतिक मात्र नभई धेरैजसो मानव क्रियाकलापबाट उत्पन्न हुने भएकाले जनचेतना अभिवृद्धि र प्रभावकारी नियमन अत्यावश्यक रहेको उल्लेख गरेको छ ।

समयमै सावधानी अपनाउन सके वन डढेलोबाट हुने क्षति उल्लेख्य रूपमा घटाउन सकिने निष्कर्षसहित प्राधिकरणले सबै तहका निकाय र सर्वसाधारणलाई सचेत एवं जिम्मेवार बन्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.