आचारसंहिता उल्लंघनमा एमाले उम्मेदवार राजेन्द्र राईलाई गराइयो सचेत

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ११:५९

धनकुटा । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्रकुमार राईलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सचेत गराएको छ। पूर्वमन्त्री समेत रहेका राईले मतदाता प्रभावित पार्ने गरी नगद वितरण गरेको भन्दै कांग्रेस धनकुटाका सभापति तथा उम्मेदवार दिनेश राईले शुक्रबार उजुरी दिएका थिए।

एमाले उम्मेदवार राईले सहिदभूमि गाउँपालिका–१ सफाइटारकी बाँसुरी वाद्यक तीर्थकुमारी राईलाई ५ हजार नगदसहित सम्मान गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही उजुरीमाथि छानबिन गर्दा आचारसंहिता उल्लंघन भएको पाइएपछि उनलाई सचेत गराइएको सहायक निर्वाचन अधिकृत ईन्द्रकुमार योङहाङले बताए। निर्वाचनका बेला पैसा लेनदेन गर्नु कानुनविपरीत हुने भन्दै आइन्दा यस्तो नगर्न उम्मेदवारलाई पत्रमार्फत सचेत गराइएको उनले जानकारी दिए।

पुरस्कार वितरण कार्यक्रममा एमाले उम्मेदवार राईसँगै कोशी प्रदेशसभा सदस्य निरन राई र गाउँपालिकाका जनप्रतिनिधिहरू समेत सहभागी थिए। यता एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले भने आफ्ना उम्मेदवारले आचारसंहिता उल्लंघन नगरेको दाबी गरे। यो पूर्वनिर्धारित कार्यक्रम भएको र उम्मेदवारले नगद नभई सम्मान मात्र गरेको उनले बताए।

निर्वाचन आचारसंहिता २०८२ अनुसार आचारसंहिता उल्लंघन भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द हुन सक्ने प्रावधान छ। तर, यस पटक मुख्य निर्वाचन अधिकृतको कार्यालयले राईलाई पहिलो पटकका लागि सचेत मात्र गराएको हो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.