अस्पतालबाट किशोरीको शव हराएपछि गोलबजारमा तनाव, आफन्तद्वारा प्रदर्शन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार १३:०३

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएपछि आक्रोशित आफन्त र स्थानीयले मंगलबार गोलबजारमा प्रदर्शन गरेका छन्। पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव फेला नपरेपछि पीडित परिवार सडकमा उत्रिएका हुन्।

गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी निशालाई प्रहरीले प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि लहान पठाएको थियो। उनका बुबा–आमा रोजगारीको सिलसिलामा भारतमा रहेकाले सोमबार फर्केर शव लिन अस्पताल पुग्दा शव फेला परेन।

प्रशासनको लापरबाहीप्रति आक्रोश स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम समेत नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यसअघि सोमबार साँझ पनि आफन्तले सडक अवरुद्ध पारेका थिए।

वडाध्यक्ष धनप्रसाद लामाले मंगलबार बिहान १० बजेभित्र शव उपलब्ध नगराए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। अस्पताल जस्तो संवेदनशील ठाउँबाट शव हराएको घटनाले स्थानीय स्तरमा ठुलो आक्रोश र त्रास सिर्जना गरेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.