अरुण तेस्रो जलविद्युत परियोजनाका मजदुरको मृत्यु

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार ०६:३३

संखुवासभा । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत परियोजनाका १ जना मजदुरको मृत्यु भएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित परियोजनाको ‘ड्याम साइट’मा कार्यरत मजदुर मोरङको केराबारी गाउँपालिका–१० घर भएका २२ वर्षीय बाउट तामाङ मृत फेला परेको संखुवासभा प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर धनबहादुर राजवंशीले बताए । उनका अनुसार उत्तर–दक्षिण कोशी राजमार्गको नालीमा तामाङलाई मंगलबार दिउँसो मृत अवस्थामा फेला पारिएको थियो ।

शवलाई पोस्टमार्टमा लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । तामाङको मृत्युको कारण प्रष्ट भइनसकेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.