
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बताएको छ। माघ ५ गते जनकपुरको एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो।
औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा ‘सेलुलाइटिस’ देखिएको र माघ १३ गते उनलाई शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको अहिले नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ।
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

























