नोना कोइरालाको १९औँ स्मृति दिवस मनाइयो

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १२:३५

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ नोना कोइरालाको १९औँ स्मृति दिवस बुधबार विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रजातन्त्र स्थापना र महिला अधिकारका लागि उनले पुर्‍याएको योगदानको चर्चा गरियो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले निरंकुशताविरुद्धको आन्दोलनमा नोना कोइरालाको भूमिका अविस्मरणीय रहेको बताए। लोकतन्त्रका लागि भएको संघर्षमा महिलाको सहभागिता सुनिश्चित गर्न उनले देखाएको साहस सधैँ प्रेरणाको स्रोत रहने उनको भनाइ थियो।

प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले कोइरालालाई साहस र निष्ठाको पर्यायका रूपमा चित्रित गरे। उनले कठिन समयमा पनि विचलित नभई प्रजातन्त्रका लागि लडेकी कोइरालाको जीवन नयाँ पुस्ताका लागि मार्गदर्शक हुने उल्लेख गरे।

स्मृति दिवसका अवसरमा उपस्थित व्यक्तित्वहरूले कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, डिकप्रसाद घिमिरे, एलिजा दाहाल, पत्रकारहरू मोहन भण्डारी, लीलाबल्लव घिमिरे, मीनकुमार नवोदितलगायतले प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षणमा कोइरालाको मार्गनिर्देशन सान्दर्भिक रहेको बताए। सहभागीहरूले कोइरालाको विचारलाई व्यवहारमा उतार्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिएका थिए।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.