निर्वाचनका लागि सवा १९ अर्ब निकासा, सुरक्षा खर्च उच्च

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १३:३०

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। निर्वाचन आयोग, रक्षा मन्त्रालय र गृह मन्त्रालयका लागि उक्त रकम उपलब्ध गराइएको हो।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार निकासा भएको कुल रकममध्ये सबैभन्दा धेरै गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड रुपैयाँ दिइएको छ। यस्तै, निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड र रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड रुपैयाँ निकासा भइसकेको छ। सरकारले निर्वाचनमा कुल २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै सोही अनुसार स्रोत सुनिश्चित गरिरहेको उनले बताए।

गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षामा खटिने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि करिब साढे २० अर्ब रुपैयाँ बजेट माग गरेका थिए। अर्थ मन्त्रालयले सोही प्रस्तावका आधारमा क्रमिक रूपमा बजेट पठाएको हो।

पछिल्ला निर्वाचनहरूको तथ्याङ्क हेर्दा निर्वाचन व्यवस्थापन गर्ने आयोगको तुलनामा सुरक्षा निकायको खर्च निकै उच्च देखिन्छ। २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले पाएको बजेटको करिब ८१ प्रतिशत मात्र खर्च गरेर बाँकी फिर्ता गरेको थियो। तर, गृह र रक्षा मन्त्रालयले भने विनियोजित बजेटको झन्डै शतप्रतिशत रकम खर्च गरेका थिए। यसले निर्वाचनमा मतपत्र र व्यवस्थापनभन्दा सुरक्षा बन्दोबस्त महँगो बन्दै गएको देखाउँछ।

यसपटक १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ, जसको पारिश्रमिक, पोसाक र भत्ताका लागि मात्रै ९ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। अन्य सुरक्षा निकायहरू नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, सेनाका लागि ३ अर्ब ४४ करोड र सशस्त्र प्रहरीका लागि ३ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.