
काठमाडौँ । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राखेर तयार पारिएको ‘नेपा: एप’ सार्वजनिक भएको छ। आकर्षक डिजाइन, प्रयोगकर्ता-मैत्री इन्टरफेस र उच्च सुरक्षा फिचरका कारण यो एप अन्य नेपाली एप्लिकेसनको तुलनामा विशेष रहेको डिजिटल विज्ञहरूले बताएका छन्।
स्लो इन्टरनेटमा पनि सहजै चल्ने यो एपमा पञ्चाङ्ग सहितको नेपाली पात्रो उपलब्ध छ। एपमा विश्वसनीय स्रोतका ताजा समाचार, व्यक्तिगत रुचि अनुसारका विषय र जिल्लागत समाचार पढ्न सकिने सुविधा छ। विशेषगरी प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकैका घटनाक्रम थाहा पाउन ‘नजिकका समाचार’ फिचर समावेश गरिएको छ।
सूचना र समाचारका साथै मनोरञ्जनका लागि यस एपमार्फत देशभरका एफएम रेडियो सुन्न सकिन्छ। साथै, नेपाली भिडियो तथा रिल्स पनि एपमा राखिएको छ। डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्नेहरूका लागि यो एप प्रभावकारी समाधान हुने विश्वास गरिएको छ। सरल र छिटो चल्ने भएकाले सबै उमेर समूहका व्यक्तिले यसलाई सहजै प्रयोग गर्न सक्नेछन्।

























