सम्पत्ति शुद्धीकरणमा संलग्नको सम्पत्ति तत्काल जफत गर्नुपर्छ : अर्थमन्त्री खनाल

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १६:२५

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन्। सम्पत्ति शुद्धीकरण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आर्थिक अपराधसँग जोडिएका सम्पत्ति राष्ट्रले ग्रहण गरी बिक्री गर्नुपर्ने धारणा राखेका हुन्।

अन्तर्राष्ट्रिय संस्थाहरू एफएटीएफ र एपीजीका प्रतिनिधिले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा अर्थमन्त्री खनालले नेपाल अझै पनि ‘ग्रेलिस्ट’ को जोखिममा रहेको बताए। नेपालले गरेको प्रयास सन्तोषजनक नभएको अन्तर्राष्ट्रिय समुदायको बुझाइ रहेको उल्लेख गर्दै उनले अनुसन्धान र अभियोजन गर्ने निकायहरूले ठोस प्रमाण पेस गर्नुपर्नेमा जोड दिए।

‘सम्पत्ति शुद्धीकरणको अपराध गरेकाहरूको सम्पत्ति जफत गरेको प्रमाण अन्तर्राष्ट्रिय समुदायलाई दिन सकियो भने मात्र नेपाल छिट्टै ग्रेलिस्टबाट बाहिर निस्कनेछ,’ अर्थमन्त्री खनालले भने, ‘यसो भनिरहँदा निर्दोषलाई फसाउनु पर्छ भन्न खोजेको होइन, तर अपराधीलाई कारबाही हुनैपर्छ।’ उनले नेपालले अझै पनि विभिन्न क्षेत्रमा रहेका सम्पत्ति शुद्धीकरणका जोखिमहरू सही रूपमा पहिचान गर्न नसकेको समेत स्वीकार गरे।

कार्यक्रममा उद्योगमन्त्री अनिल सिन्हवाले मुलुकलाई ग्रेलिस्टबाट जोगाउन राज्यका सबै संयन्त्र जिम्मेवार हुनुपर्ने र कार्यसम्पादन प्रक्रियामा सुधार ल्याउनुपर्ने बताए। त्यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकिङ क्षेत्र मनी लाउन्डरिङको उच्च जोखिममा रहेको बताउँदै तेस्रो राष्ट्रिय मूल्याङ्कनको कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.