टेलिकम भ्रष्टाचार मुद्दा: १८ जनाविरुद्धको मुद्दामा आज पेसी

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार ११:३८

काठमाडौँ। नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्ने क्रममा भएको ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा यो मुद्दाको पेसी तोकिएको हो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना कर्मचारी तथा पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर आर्थिक अनियमितताको अभियोग लगाएको छ।

यो भ्रष्टाचार काण्डको मुख्य जड सन् २०११ मा चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग भएको सम्झौतासँग जोडिएको छ। तत्कालीन समयमा टेलिकमका विभिन्न सेवाहरू जस्तै मोबाइल, इन्टरनेट र टेलिफोनलाई एउटै एकीकृत बिलिङ प्रणालीमा ल्याउने उद्देश्यले सम्झौता गरिएको थियो।

खरिद सम्झौता अनुसार वार्षिक मर्मत सम्भार शुल्क प्रत्येक वर्ष ५ प्रतिशतका दरले घट्दै जानुपर्ने स्पष्ट व्यवस्था थियो। तर प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले सो सर्तविपरीत अस्वाभाविक मूल्य कायम गराई कम्पनीलाई नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

अख्तियारको अनुसन्धानले देखाए अनुसार दोस्रो वर्षको सेवा खरिद गर्दा विभिन्न चारवटा पूरक सम्झौताहरू गरेर ३५ करोड ८६ लाख अमेरिकी डलर पुर्‍याइएको थियो। खासमा वार्षिक मर्मतका लागि ३४ लाख ७२ हजार डलर मात्र भुक्तानी गर्नुपर्ने ठाउँमा नयाँ विशेषता र तालिमका नाममा १ करोड ८५ लाख डलरभन्दा बढी रकम भुक्तानी गरिएको ठहर गरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.