तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १६:२३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रतिष्ठानका लागि सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याएर आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार यो कदम चालेको हो।

अख्तियारले उपकुलपति भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्ति गर्ने ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकलाई प्रतिवादी बनाएको छ। सार्वजनिक खरिद ऐन विपरित निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ‘स्पेसिफिकेसन’ तयार पारेको र मापदण्ड नपुगेको मेसिन स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेले बताए।

यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी नोक्सानी पुगेको अख्तियारको ठहर छ। आयोगले सबै प्रतिवादीहरूबाट उक्त बिगो रकम असुल उपर गरी कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी गरेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.