
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्नेतिर आफ्नो ध्यान नभएको बताएका छन् । सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा उनले यस्ताे बताएका हुन् ।
उनलाई सञ्चारकर्मीहरूले प्रधानमन्त्री फेरि भएरै छोड्ने ? भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’
प्रचण्डले पछिल्लो समय भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकामध्येबाट कोही नबन्ने दाबी गर्दै आइरहेका छन् । नेकपा एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।
























