ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार २०:१४

विराटनगर । विराटनगर महानगरपालिका–४ को ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।

केही दिनदेखि बढेको चिसोका कारण बालबालिकालाई विद्यालय आउनजान समस्या नहोस् भन्ने उद्देश्यका साथ न्यानो कपडा ‘ट्याकसुट’ प्रदान गरिएको हो । नेकपा (एमाले) ४ नम्बर वडा कमिटीका अध्यक्ष नवराज काफ्लेसहितले विद्यार्थीहरुलाई न्यानो कपडा दिएका हुन् ।

‘यस विद्यालयमा पिछडिएका र आर्थिक अवस्था कमजोर भएका साना बालबालिका अध्ययन गर्छन् । मैले मेरो जन्मदिनका दिन गत असारमा केही महिना पुग्ने गरी खाद्यान्न सहयोग गरेको थिएँ,’ अध्यक्ष काफ्लेले भने, ‘चिसोमा यहाँका विद्यार्थीलाई समस्या भयो भन्ने कुरो आएपछि केही साथीहरु मिलेर न्यानो कपडा प्रदान गरेका हौं ।’

विद्यालयका प्रधानाध्यकले चिसाले पारेको प्रभावको जानकारी गराएको उनले बताए । उनका अनुसार चिसोले विद्यार्थीलाई सहज रुपमा विद्यालयसम्म आउने बाटो बन्द नहोस् भनेर एमाले मोरङ उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, महानगर कमिटीका अध्यक्ष बलराम गिरी, गणेशराज लुइँटेल, युवराज बराल, राजन दाहाल, सरिता नेपाल, तुलसीप्रसाद घिमिरेलगायतको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।

विद्यालयका ७५ जना विद्यार्थीलाई ‘ट्याकसुट’का साथै बिस्कुट वितरण गरिएको छ ।

सहितले

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.