एक्स्पोले व्यापार र उद्योगमा नयाँ ऊर्जा थप्यो : मन्त्री सिन्हा

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार २०:२८
एक्स्पोले व्यापार र उद्योगमा नयाँ ऊर्जा थप्यो : मन्त्री सिन्हा

विराटनगर । विराटनगरमा जारी ‘विराट  ट्रेड एक्स्पो’ शनिबार समापन भएको छ । एक्स्पो समापन समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरेको बताए ।

मोरङ उद्योग व्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना गरेको एक्स्पो समापनका क्रममा उनले यस प्रकारको एक्स्पोले नवीनतम प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले प्रस्ट्याए ।

मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमीहरूले दूरदर्शी रूपमा मुलुकमा औद्योगिक क्रान्ति ल्याएको बताए ।

कोशी प्रदेश आर्थिक समृद्धिको असीम सम्भावना बोकेको औद्योगिक क्षेत्रले १६ प्रतिशत ग्राहस्थ उत्पादन र २५ प्रतिशत औद्योगिक उत्पादन गरी राष्ट्रलाई योगदान पुर्‍याएको छ ।

मन्त्री सिन्हाले नेपाल-भारत परिवहन सन्धिको संशोधनले कलकत्ता र विशाखापटनम बन्दरगाहबाट विराटनगर–जोगबनीसम्म रेलमार्फत सबै किसिमका कार्गो ढुवानीको कानुनी बाटो खुलाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास व्यक्त गरे ।

सरकार फागुन २१ गतेको निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनैतिक स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि बढेको उनले बताए ।

संघका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्वअध्यक्ष नवीन रिजालले एक्स्पोले  नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगका उत्पादन, अटोमोबाइल क्षेत्रका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरूका स्टल रहेको थियो ।  एक्स्पोमा करिब ३० करोडको कारोबार भएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.