
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चुलिँदो विवाद समाधानका लागि आफू निकटका शीर्ष नेताहरूको आकस्मिक बैठक बोलाएका छन्। महाराजगञ्जस्थित देउवा निवासमा बस्ने बैठकमा पार्टीको आन्तरिक रणनीति र महाधिवेशनको विषयमा छलफल हुनेछ।
विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहको तयारी र नियमित महाधिवेशन नै गर्नुपर्ने संस्थापन पक्षको अडानका कारण कांग्रेसभित्र विवाद चर्किएको हो।
संस्थापन पक्षले वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ। तर, इतर पक्षले भने विधानको व्यवस्था अनुसार यसै महिनाको अन्तिम साता विशेष महाधिवेशन हुनुपर्ने दबाब बढाइरहेको छ। महामन्त्रीहरूले विशेष महाधिवेशनको तयारी तीब्र पारेपछि सभापति देउवाले आफू पक्षीय वर्तमान र पूर्व पदाधिकारीहरूसँग परामर्श गर्न लागेका हुन्।
























